• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

सम्पर्कविहीन तारा एयर : सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण- भिडियाे



काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान खोजी गर्न अहिले नेपाली सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण गरेको छ ।

 

सो स्थानबाट नेपाली सेनाका १० र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली सम्पर्कविहीन विमानबाट मोबाइल फोनको लोकेसन पत्ता लागेको स्थानतर्फ गएको बताइएको छ ।

विमानको खोजीमा पैदलयात्राबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीलाई पनि परिचालन गरिएको छ भने काठमाडौँबाट हिमालयन रेस्क्यूको टोलीसमेत पठाइएको छ ।

आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विन अटर विमान जोमसोम विमानस्थलमा अवतरण गर्नुभन्दा अगावै सम्पर्कविहीन भएको थियो । प्रतिकूल मौसमका कारण विमानको खोजी जारी राखिए पनि फेला पर्न सकेको छैन ।