११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ झोलङ्गे पुल निर्माणको लागि ४८ जनालाई तालिम



file photo
अ+ अ-

दैलेख । पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका १२ युवालाई झोलङ्गे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका नौ स्थानीय तहका उपभोक्ता समितिका पदाधिकारी चौबिस र मिस्त्री चौबिस गरी ४८ महिला/पुरुषलाई नमूना झोलुङ्गे पुल निर्माण तालिम दिइएको कार्यालयका निमिक्त प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्रामीण विकास सेवा केन्द्रको साझेदारीमा प्राविधिक सहयोगी संस्था हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू/हेल्भेटासको सहयोगमा उक्त कार्यालयबाट जिल्लामा १२ झोलुङ्गे पुल निर्माण हुँदै छ । आर्थिक वर्ष २०७९/८० भित्र निर्माण गरिसक्नुपर्ने झोलङ्गे पुलका लागि आठ दिने तालिम प्रदान गरिएको हो । निर्माण हुनलागेका जिल्लाका ती पुलका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ । सोही उपभोक्ता समितिका पदाधिकारी दुई/दुईजना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई मिस्त्री गरी ४८ जनालाई तालिम प्रदान गरिएको हो । ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीन शर्माले बताउनुभयो ।

उहाँका अनुसार दुई वर्षको अवधिमा जिल्लाका आठबिस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका साथै ठाटिकाँध, भैरवी, नौमुले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कूल १२ वटा झोलङ्गे पुल निर्माण हुँदैछन् ।