२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ झोलङ्गे पुल निर्माणको लागि ४८ जनालाई तालिम



file photo
अ+ अ-

दैलेख । पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका १२ युवालाई झोलङ्गे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका नौ स्थानीय तहका उपभोक्ता समितिका पदाधिकारी चौबिस र मिस्त्री चौबिस गरी ४८ महिला/पुरुषलाई नमूना झोलुङ्गे पुल निर्माण तालिम दिइएको कार्यालयका निमिक्त प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्रामीण विकास सेवा केन्द्रको साझेदारीमा प्राविधिक सहयोगी संस्था हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू/हेल्भेटासको सहयोगमा उक्त कार्यालयबाट जिल्लामा १२ झोलुङ्गे पुल निर्माण हुँदै छ । आर्थिक वर्ष २०७९/८० भित्र निर्माण गरिसक्नुपर्ने झोलङ्गे पुलका लागि आठ दिने तालिम प्रदान गरिएको हो । निर्माण हुनलागेका जिल्लाका ती पुलका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ । सोही उपभोक्ता समितिका पदाधिकारी दुई/दुईजना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई मिस्त्री गरी ४८ जनालाई तालिम प्रदान गरिएको हो । ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीन शर्माले बताउनुभयो ।

उहाँका अनुसार दुई वर्षको अवधिमा जिल्लाका आठबिस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका साथै ठाटिकाँध, भैरवी, नौमुले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कूल १२ वटा झोलङ्गे पुल निर्माण हुँदैछन् ।