१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका छिर्न खोज्ने पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेपछि…



अ+ अ-

काठमाडौं । अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेका छन् । 

उनीहरु गैरकानूनीरुपमा मेक्सिको, मस्को र दुबई हुँदै अमेरिका जान लाग्दा जर्मनीको फ्रयांकफर्ट विमानस्थलबाट पक्राउ परेका हुन् ।

मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने तयारी जर्मनी प्रहरीले गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । 

पक्राउ परेका नेपालीले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेको बताएका छन् । 

जर्मनीको सुरक्षा निकायले १८ जना आफूहरुको नियन्त्रणमा रहेको जनाएको छ ।  

पक्राउ परेका ६ जनासँग जापानको नक्कली भिसा भएको पाइएपछि शंका लागेर अन्यलाई पनि पक्राउ गरिएको बताइएको छ ।