• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

सम्पर्कविहीन तारा एयरको विमानमा एकैघरका चार जना



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा एकै परिवारका चार जना यात्रु रहेको पाइएको छ । सम्पर्कविहीन सो विमानमा गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–५ को तीनमाने घर भएका एकै घरका चार जना सदस्य रहेको बताइएको छ ।

विमानमा गणेशनारायण श्रेष्ठ, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ रहेका छन् ।

उनीहरु शनिबार काठमाडौँबाट पोखरा गएका थिए । स्थानीयवासीका अनुसार आज उनीहरु पोखराबाट सो विमानमा जोमसोमका लागि उडेका थिए ।