काठमाडौं । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथी हातपात भएको छ । स्थानीय एक युवाले मेयर सुवेदीमाथी पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै मुक्का हानेका हुन् ।
लगातार वर्षाका कारण पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

पहिरोका कारण यति लामो समय आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै ति स्थानीय युवाले मेयर सुवेदीमाथी मुक्का हान्न पुगेका थिए ।
मेयर सुवेदीमाथी आक्रमण भएपछि जनपथ र नगर प्रहरीले रोकेका थिए । उनलाई मुक्का प्रहार भएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।










