२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसेको हो ।

बैठकमा पार्टीको विधान महाधिवेशनको लागि प्रस्तावित ७० वर्षे उमेर हदसम्बन्धी बुँदा पारित गर्ने तयारी एमालेको छ । 

एमालेका सबै नेताहरुको सहमतिमै उक्त बुँदा प्रस्ताव गरिएपछि उक्त बुँदा सर्वसम्मतिले पारित गर्न लागेको हो । 

स्थायी कमिटीबाट पारित भएपछि उक्त प्रस्तावलाई आगामी साता हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । 

हिजो आइतबार बसेको बैठकमा यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।