७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

गणतन्त्र दिवस: ‘जनअपेक्षा पूरा हुन नसके पनि उपलब्धि कम आँक्न हुँदैन’

गणतन्त्र दिवस: ‘जनअपेक्षा पूरा हुन नसके पनि उपलब्धि कम आँक्न हुँदैन’
अ+ अ-

–नारायण अधिकारी
चितवन । गणतन्त्रको १५ वर्षको अवधिमा जनअपेक्षा पूरा हुन नसके पनि प्राप्त उपलब्धिलाई कम आँक्न नहुने यहाँका बृद्धिजीवीले बताएका छन् । उनीहरुले जनताले सोचेजस्तो परिवर्तन हुन नसके पनि धेरै कुरा पूरा हुँदै गएको बताएका हुन् ।

मानव अधिकारवादी बालकृष्ण पौडेल गणतन्त्रबाट पूर्णरुपमा सन्तुष्टि हुने अवस्था नभए पनि उपलब्धिलाई कम आँक्नु गलत हुने बताउनुहुन्छ । राजतन्त्र र गणतन्त्रको दूरी आकाश र जमिनको जस्तो भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्रममा सुशासन, समृद्धि र जनताका आधारभूत कूरा जेजति गणतन्त्रमा दिनसकिन्छ, त्यो राजतन्त्रले दिन सक्दैन ।”

गणतन्त्र जनताद्वारा जनताका लागि आफैँले गर्ने शासन व्यवस्था भएको उल्लेख गर्दै पौडेलले भन्नुभयो, “जेजति उपलब्धि १५ वर्षमा भए त्यो उपलब्धि राजतन्त्रमा सयौँ वर्षमा पनि सम्भव थिएन र भएन । कसैले व्यक्तिगतरुपमा राजतन्त्रका कुरा गरिराखेका छन्, भावी सन्ततिको भविष्य नसोच्ने तथा विकासका र समृद्धिका बारेमा नसोच्नेको धारणा हो त्यो ।”

वाम बुद्धिजीवी रमाकान्त सापकोटा गणतन्त्रको दिशामा भएका संवैधानिक, कानुनी प्रक्रिया सकारात्मक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गणतन्त्रमा भएका अभ्यासलाई सकारात्मकरुपमा लिन सकिन्छ ।” राजनीतिक नेतृत्वको दलीय तथा व्यक्तिगत स्वार्थ, आग्रह, पूर्वाग्रह, प्रयोग गरिएको भाषाशैली नागरिकले रुचाउने खालका नभएको भन्दै उहाँले अगाडि थप्नुभयो, “फेरि पनि संवाहक भनेको दल र दलको नेतृत्व नै हो । यदाकदा नागरिक र स्वतन्त्र व्यक्तिको योगदान रहन सक्छ । महत्वपूर्ण भूमिका खेल्नुपर्ने दलले नै हो ।”

दल र दलको नेतृत्वलाई धेरै सुधार गर्नुपर्ने अवस्था रहेको सापकोटाको भनाइ छ । उहाँले थप्नुभयो, “दल र दलको नेतृत्वलाई जनताले आगामी दिनका निर्वाचनलाई प्रयोग गरेर सुधार्नुपर्छ ।”

वीरेन्द्र बुहुमुखी क्याम्पस भरतपुरका सहप्राध्यापक डा एकनारायण पौडेल गणतन्त्रले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र आफ्नो नीति नियम आफैँ निर्माण गर्ने तहमा पुर्याएको बताउनुभयो । स्वायत्तताका हिसाबले केही उपलब्धी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय तहमा बजेट आउने कुरा, स्थानीय तहको नीतिनियम आफैँ बनाउने कुरा, स्वयत्तताका हिसाबले केही उपलब्धि भएको छ ।”

प्रादेशिक संरचनाका कारणले खर्च बढेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “अधिकारसँगै भ्रष्टाचार बढेको छ । नियमन राम्रो हुन सकेको छैन । विसङ्गति सँगसँगै आएको छ ।”

केन्द्रीय राजनीतिको संस्कारमा परिवर्तन आउन नसकेका कारण युवामा वितृष्णा आएको पौडेलको बुझाइ छ । उहाँले अगाडि थप्नुभयो, “केही निराशा पनि छ । यसलाई नेतृत्वले सच्याउनुपर्छ ।” अधिकारको सवालमा चेतना जागेको उहाँले बताउनुभयो ।

प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताउँदै पौडेलले भन्नुभयो, “स्वार्थकेन्द्रित नीतिनियम बनाउने, उत्तरदायित्वहीन भएको छ । यसको सदुपयोग गरे राम्रो छ ।” अधोगतितर्फ गइरहेको गणतन्त्रको बिगँ्रदो वातावरणलाई सुधार गर्नुपर्ने उहाँको सुझाव छ ।

गणतन्त्र प्राप्तिका लागि बलिदान दिएका परिवार भने अझै सन्तुष्ट हुनसक्ने अवस्था छैन । राज्यसत्तामा पुगेकाबाट जुन अपेक्षा उनीहरुले गरेका छन्, त्यो पूरा हुन नसकेको हो ।

सहिद परिवार समाज चितवनकी अध्यक्ष सङ्गीता भट्टराई गणतन्त्रसँगै व्यवस्था पाएको भए पनि अवस्थाको अनुभूति गर्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो व्यवस्थाले बालेन, हर्क राई जस्ताको जन्म भए पनि अवस्थामा परिवर्तन हुन सकेन ।”

केन्द्रिकृत राज्यव्यवस्था भइरहँदा नेतृत्वमा पुस्तान्तरण हुन नसकेको उहाँको भनाइ छ । अहिलेकै नेतृत्व रहिरहँदा गणतन्त्रको अनुभूति दिलाउन नसकिएको भन्दै उहाँले त्यसतर्फ नेतृत्व वर्ग लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सहिदप्रति सम्मान हुनुपर्यो र अभिलेखीकरण हुनुपर्यो ।”

तत्कालिन विद्रोही पक्षबाट आफ्नो बुबा गुमाएर विस्थापित हुनुभएका विजयराज विष्ट धेरै तन्त्र फेरिए पनि युद्धका नाममा मारिएका नागरिकका परिवारको कथा फेरिन नसकेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “न्याय पाउने आशा पूरा हुन सकेन । राज्य नियम कानुनअनुसार चलोस् ।” न्याय पाउने आम नागरिकको अधिकार कुनै तन्त्रका नाममा खोसिन नहुने विष्ट बताउनुहुन्छ ।