१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थालापती विजयले आफ्नै आमाबुवा विरुद्ध किन अदालतमा मुद्दा हाले ?



अ+ अ-

एजेन्सी । तमिल सुपरस्टार थालापती विजयले ११ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन् । यी ११ जनामा आफ्ना पिता एसए चन्द्रशेखर र आमा शोभा समेत रहेका छन् । 

कसैलाई पनि आफ्नो नामको प्रयोग गरेर मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्न नदिन अदालतसँग विजयले अपिल गरेका छन् । अब यो मुद्दामा २७ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।

विजयले आफ्नो याचिकामा भनेका छन्, पिता एसए चन्द्रशेखर, आमा शोभासमेत ११ मानिसले मेरो नामको प्रयोग गरेर कुनैपनि सभा आयोजना या भिडभाड गर्न नपाउन् । 

यो विवाद तब सुरु भएको थियो जब विजयका पिताले आफ्नो छोरा (विजय) राजनीतिमा आउन लागेको र आफ्नो नाममा एक राजनीतिक पार्टी पनि दर्ता गर्न लागेको बताएका थिए । विजयका बुबाले आफ्नो एक आफन्त पध्नाभनलाई उक्त पार्टीको अध्यक्ष र पत्नी शोभालाई कोषाध्यक्ष समेत घोषणा गरेका थिए ।