७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा युरिया मल अभाव



अ+ अ-

देउखुरी । घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पार्नुभएको छ । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उहाँले अझैसम्म बीउ राख्न सक्नुभएको छैन । धान खेतीका लागि युरिया मल आवश्यक पर्दछ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने ? उहाँको भनाइ थियो ।

घोराही–९का किसान खुसीराम चौधरीले १८ कट्ठा जमिनमा धान खेती गर्नुहुन्छ । उहाँले पनि बीउ किनिसक्नुभएको तर मल नपाइएका कारण बीउ राख्न नसकिएको बताउनुभयो । रासायनिक मल नहाले बाली सप्रदैन । समयमा रासायनिक मल पाइयो भने खेती समयमा गर्न सकिने किसान चौधरीको भनाइ थियो । रासायसनिक मल राखेर गरेको खेती राम्रो हुने र धेरै अनाज फल्ने भएका कारण किसानले बीउ राख्दा नै मल पनि प्रयोग गर्दछन् । धान र मकै खेतीका लागि रासायनिक मल आवश्यक पर्ने र समयमा मल नपाउँदा किसान चिन्तित भएका हुन् । डिएपी र पोटास मल केही मात्रमा भए पनि युरिया मल नभएका कारण किसानलाई खेती गर्न समस्या भएको छ ।

दाङमा युरिया मलको अभाव छ । जिल्लामा ४०७ मेट्रिक टन डिएपी मल मात्रै स्टक रहेको र युरिया मल आउँदै नआएको सहकारी संस्थाले जनाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखामा एकसाता अघि २५ टन मात्रै डिएपी मल आएको शाखा प्रमुख घनश्याम कहारले बताउनुभयो ।

लमही क्षेत्रका लागि एक हजार मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डिएपी आवश्यक पर्छ तर संस्थामा मल छैन । “मलको आवश्यकता धेरै भएकाले वितरणमा समस्या परेको छ”, उहाँले भन्नुभयो ।“समयमा मल आयो भने वितरण गर्न सजिलो हुन्छ । खेतीपातीको समय सुरु भइसक्यो किसानलाई आवश्यकता परेको समयमा मल दिन नसक्दा नराम्रो लाग्छ ।”

घोराहीमा २३२ मेट्रिक टन डिएपी मल स्टक छ । डिएपी एक दुई दिनमा वितरण गरिनेछ । धान खेतीका लागि घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्ने हो तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो ।

जिल्लाका तीन स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत वितरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको प्रमुख गौतमको भनाइ थियो ।तुलसीपुर क्षेत्रमा दुई महिनाका लागि एक हजार ६०० मेट्रिक टन युरिया र एक हजार टन डिएपी आवश्यक पर्ने भए पनि अहिले मल नभएको उक्त लिमिटेडका तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताउनुभयो । तुलसीपुरमा करिब १५० मेट्रिक टन डिएपी स्टक भए पनि यो पर्याप्त छैन ।

कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा खेतीयोग्य कूल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहे पनि ६५ हजार ९८० हेक्टर जमिनमा मात्र खेती गरिएको छ । दाङमा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर जमिन रहेको केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिनुभयो । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ ।यसवर्ष समयमा पानी पर्ने सङ्केत देखिएकाले उक्त जमिनमा बाली उब्जनी हुने र जमिन बाझै नरहने नहुने अनुमान गरिएको छ । रासस