१२ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८४ दिनपछि प्रहरी हिरासतबाट रवि छुट्दा पोखरामा जे देखियो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अब अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि गरिएको थियो ।

अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकेपछि उनीहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

रविलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।