• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा ★   प्रतिनिधिसभा बैठक लाईभ ★   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ ★   विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको यस्तो छ अभ्यास तालिका

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधेका थिए, लगत्तै विमान सम्पर्कविहीन



काठमाडौं । जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा गरेको बताए । पाइलट घिमिरेले आफूसँग जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेको उनले बताए ।

यसअघि तारा विमानभन्दा पहिला समिट एयरको विमान आइरहेको उनले बताए । “तारा एयरका क्याप्टेन घिमिरेले मसँग जोमसोमको हावाको गति कति छ भनेर माग्नुभएको थियो, मैले घिमिरेलाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागेँ, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।”

शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। उनले हावाको गति ठिक नभए पनि जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुनसक्ने उनले बताए । शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि) को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ।