• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री ★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ ★   साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण: प्रधानमन्त्री ★   कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली ★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधेका थिए, लगत्तै विमान सम्पर्कविहीन



काठमाडौं । जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा गरेको बताए । पाइलट घिमिरेले आफूसँग जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेको उनले बताए ।

यसअघि तारा विमानभन्दा पहिला समिट एयरको विमान आइरहेको उनले बताए । “तारा एयरका क्याप्टेन घिमिरेले मसँग जोमसोमको हावाको गति कति छ भनेर माग्नुभएको थियो, मैले घिमिरेलाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागेँ, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।”

शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। उनले हावाको गति ठिक नभए पनि जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुनसक्ने उनले बताए । शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि) को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ।