• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   यस्तो छ सरकारको नीति तथा कार्यक्रम- पूर्णपाठ सहित ★   नीति तथा कार्यक्रम: थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ ★   सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा ★   प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने ★   सरकारको नीति तथा कार्यक्रममा किन देखिएनन् ओली ? ★   नीति तथा कार्यक्रम: सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिने  ★   कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ ★   ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने ★   सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा ★   राष्ट्रपति जिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्दै पुटिन

सम्पर्कविहीन विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो



सांकेतिक तस्बिर

काठमाडौं । पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।

नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको हो ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको थियो ।

विमानमा यात्रुहरु इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन् ।

यस्तै, विमान प्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा छन् ।