• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र ★   संविधान बचाउन आवश्यक छ: प्रथम राष्ट्रपति यादव ★   इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ: माधव नेपाल ★   पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान ★   मन्त्रिपरिषद् बैठक: नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित ★   बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा ★   गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन ★   सन्दीपको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा ★   कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने ★   मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु

सम्पर्कविहीन विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो



सांकेतिक तस्बिर

काठमाडौं । पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।

नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको हो ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको थियो ।

विमानमा यात्रुहरु इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन् ।

यस्तै, विमान प्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा छन् ।