१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन
फाईल फोटो
अ अ+ अ-

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो ।

सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड, साइरन मेसिन र सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

सामग्री हस्तान्तरण गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विद्युतीय तारबारबाट जोगिन बेलैमा सचेत बन्नुपर्ने र समुदायस्तरमा पनि जनचेतना फैलाउनुपर्ने बताउनुभयो । समुदायमा जनचेतना दिँदै मानवीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मध्यवर्तीका नागरिकलाई निरन्तर सचेतना कार्यक्रम गरिरहेको उहाँको भनाइ छ ।

गत असोज २५ माडी–९ कृष्णनगरका विकल्प सुवेदीको विद्युतीय तारबारको झड्काबाट मृत्यु भएको थियो । त्यसपछि स्थानीयलाई विद्युत् छाडेको जानकारी दिन साइरन र नछुन अनुरोध गर्दै सूचना बोर्ड राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताउनुभयो ।

हात्ती, गैँडा, बाघलगायत वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमा प्रवेश नगरून् भन्ने उद्देश्यले विद्युतीय तारबार जडान गरिएको उहाँले जानकारी दिनुभयो । यो क्षेत्रमा झन्डै १२ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार जडान गरिएको गायकले बताउनुभयो । बेलुका ७ देखि बिहान ६ बजेसम्म तारमा विद्युत् छाडिन्छ । “अब विद्युत् छाड्न अघि साइरन बज्छ”, उहाँले भन्नुभयो, “ठाउँ ठाउँमा यो तार छुनु हुन्न भनेर बोर्डसमेत टाँस गर्नेछौँ ।”

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, रेवा मध्यवर्ती उपभोक्ता समिति, बघौडा मध्यवर्ती उपभोक्ता समिति र पर्सामा रहेको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिलाई सामग्री हस्तान्तरण गरिएको हो । यस्तै उनीहरुलाई सुरक्षा सामग्री लाइट, रेनकोट, बुट जुत्ता, बिजुलीको तार छुने टेस्टर, हम्मर, पिलास, झोलालगायत सामग्रीसमेत वितरण गरिएको छ ।

तराई भू–परिधि कार्यक्रम ९ताल०को सहयोगमा सामग्री हस्तान्तरण गरिएको हो । यो क्षेत्रमा सोलार फेन्स जडानपछि ठूला वन्यजन्तुको प्रवेश र क्षति कम भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । रासस