२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलका मेयर कुटिएको क्षेत्रमा फेरि पहिरो, दुई दर्जन घरहरु क्षति



अ+ अ-

रूपन्देही । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी कुटिएको लक्ष्मी नगर र ज्योतिनगर क्षेत्रमा आज फेरी पहिरो खसेको छ । पहिरोका कारण सो क्षेत्रका करिब दुई दर्जन घरलाई क्षति पुर्याएको छ । 

भदौमा अविरल वर्षापछि खसेको पहिरोका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

आइतबार रातिदेखिको लगातार वर्षाका कारण चुरेबाट पहिरो खसेको हो । पहिरोका कारण यति लामो समय आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै ति स्थानीय युवाले मेयर सुवेदीमाथी मुक्का प्रहार गरेका थिए ।