४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु, हजार मोडलका जुत्ता चप्पल,७० प्रतिशतसम्म छुट पाइने

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सुरु, हजार मोडलका जुत्ता चप्पल,७० प्रतिशतसम्म छुट पाइने
अ+ अ-

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा वृहत जुत्ता चप्पल मेला सुरु भएको छ । मेलामा हजार मोडलका जुत्ता चप्पल रोजेर किन्न पाइने मेलाका संयोजक रामहरि तोलाङ्गले जानकारी दिनुभयो।

मेलामा जुत्ता चप्पल किन्दा ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएका हुन् । “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले भन्नुभयो ।

मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिनुभयो । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उहाँको भनाई छ ।

मेलामा भेटिनु भएका बानेश्वरका बासिन्दा सुरेश श्रेष्ठले नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा उत्पादन हुने गरेको कुरा आफूले विगतका मेलामा किनेका जुत्ता चप्पलको प्रयोगबाट महसुस गरेको बताउनु भयो । उहाँले विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न सपरिवार आएको जानकारी दिनुभयो । विदेशी जुत्ता चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “नेपाली जुत्ता चप्पल गुणस्तर र टिकाउ अनुसार मूल्य पनि सस्तो छ ।”

“विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीहरूको मानसिकता छ, त्यो गलत र भ्रम पूर्ण हो, विदेशीहरूभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्तो पनि छन्,” मेलामा भेटिएकी अर्की ग्राहक एलिशा ज्ञवालीले भन्नुभयो ।

नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अन्यत्र २५ सय रुपैयाँ पर्ने जुत्तालाई मेलामा आफूले ७ सय रुपैयाँमा पाएकाले मेलालाई आफूले अवसरको रुपमा लिएको ज्ञवालीको भनाई छ । मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भिड लागेको पाइएको छ ।