४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

किसानलाई धानको बीउको पिरोलो !

किसानलाई धानको बीउको पिरोलो  !
अ+ अ-

महोत्तरी । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् ।

“आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला ?”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भन्नुभयो ।

“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभियानको प्रचारप्रसार सम्झदै उहाँ भन्नुभयो, “अहिले पद सम्हालेपछि भेट्नै सकिन्न ।” समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेका हुन् ।
यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलफूल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यही जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाँइ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाँइ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा त भई नै हाल्यो, धानको बीउ पाइएको छैन” जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान मन्सुर राइन भन्नुभयो, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग हुनेभयो, समयमै धान रोपाँइ गर्न नपाइने भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखी सक्नुपर्नेमा आपूmहरु अझै बीउ नपाएर झोक्राउनु परेको उहाँको भनाइ छ ।

जिल्लाको मुख्य फसल ९बाली० धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नु परेको किसानको भनाइ छ ।

“हाँमीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौ धानका जात हुन्थे” भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादब भन्नुभयो, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् ।

विकासे धान लगाउन थालीकन वर्षेनिजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएको किसानको गुनासो छ । “गाउँमा सिंहदरबार पुगेको कुरामात्र भयो, हाम्रा कुनै स्थानीयतहले कृषि शाखा राम्रो चलाउन सकेनन्” लगन र मेहनेतले राम्रो उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादब भन्नुभयो, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषय पिच्छेका विज्ञ (बाली,फलफूल, तेलहन, मत्स्य) थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु-याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।” खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरिदिने २०७४ कै स्थानीयतहको निर्वाचन भएयता कोही नभेटिएका उहाँले विरक्तिँदै भन्नुभयो ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ स्थानीयतहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरुबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ । यद्यपि गत वर्ष जिल्ला सदरमुकाम जलेश्वरमा कृषि ज्ञान केन्द्र सञ्चालनमा भने आएको छ । तर कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषिसम्बद्ध निकाय एवं शाखाहरुसँग समन्वय भने नभएको किसान बताउँछन् ।

“हाम्रो सुन्ने कोही छैन” विगतमा पर्सापतैली गाविस छँदा उपाध्यक्ष रहिसक्नु भएका हालको जलेश्वर नगरपालिका–५ चौरियाका किसान रहिमन मण्डल भन्नुभयो, “अहिले धानको बीउ छैन, अब कसलाई भन्ने हो रु हामी किसानको कसले सुन्छ ?” विगतमा जिल्ला कृषि विकास कार्यालय हुँदा सो कार्यालयले नमुना बीउ दिएर प्रोत्साहित गर्ने गरेको र सुलभ मूल्यमा बीउ पाउने गरेको कुरा अब कथाजस्तो भएको मण्डल बताउनुहुन्छ । कहिलेकाँही कुनै स्थानीयतहले उन्नत जातका धानको बीउ सुलभ मूल्यमा किसानलाई वितरण गरेपनि यो कार्यले निरन्तरता नपाएको किसानको गुनासो छ ।

“पोहोर त जेठ निगल्दोतिर नगरपालिकाले ५० प्रतिशत छुटमा बीउ दिएको थियो, खै यसपालि त भर्खर प्रतिनिधिहरु छानिएका छन् , बीउ पाउने त के यसबारे चर्चा पनि छैन” बर्दिबास–२ का उमेश आचार्य भन्नुभयो । स्थानीयतहले आ–आफ्नो कार्यालयमा व्यवस्थित कृषि शाखा सञ्चालनमा ल्याएर काम नथालेसम्म व्यथा सुनाउने ठाउँ पनि नपाइएको उहाँको गुनासो छ ।

जिल्लाका १५ स्थानीयतहमध्ये धेरैजसोमा कृषि शाखा नै सञ्चालनमा छैनन् । केही स्थानीयतहले प्रयत्न थाले पनि आम किसानबीच पुग्न नसकेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले जानकारी दिनुभयो । “हामीलाई बालीनाली लगाउने बेला, रोगव्याध लागेका बेला उचित परामर्श चाहिन्छ” उहाँले भन्नुभयो, “खै यी पक्ष कहिले सुनवाई हुन्छन् रु”

यसअघि जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरु अहिले सम्बन्धित स्थानीयतह मातहत भएका छन् । पहिलेका कृषि केन्द्र, उपकेन्द्रलाई समेटेर स्थानीयतहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल भन्नुभयो । “जिल्लास्थित कृषि ज्ञान केन्द्र प्रदेश सरकार मातहत छन्” सहसचिवको सेवाबाट निवृत्त हुनुभएका उहाँले भन्नुभयो, “पहिलेका केन्द्र र उपकेन्द्र चै स्थानीयतह मातहत, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीयतहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”

सैद्धान्तिक रुपमा यस्तो व्यवस्था भए पनि स्थानीयतहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले काममा नदेखिएका जिल्लाको आम कुरा नै बनेको छ । यहाँका स्थानीयतहले कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गरेका छन् । “यो विलकूल विषय दक्षतामा आधारित क्षेत्र रहेछ” भर्खरै भङ्गाहा नगरपालिकामा दोस्रो कार्यकाल सुरु गर्नुभएका नगर प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन, हामी यो व्यवस्थापन अब गर्छौं ।”

स्थानीयतहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आपूmहरु स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आफूहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको आम गुनासो छ । गोपाल बराल रासस