काठमाडौं । पहिरो अवलोकन गर्न जाँदा स्थानिय युवको हातपातमा परेका बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीले जनताको सेवामा लागेका आफहरुमाथी जस्तासुकै बाधा आएपनि पछि नहट्ने बताएका छन् ।
मेयर सुवेदी यस्तो अराजकता सृजना गर्ने र यस्तो विपदको बेलामा र जस्ले जे सक्छ त्यो गर्ने बेलामा मान्छेलाई उक्साउने र जनप्रतितिधिमाथी आक्रमण गर्ने काम आफुहरुले ठिक नमानेको र कार्यपालिकाको आपतकालिन बैठक बसेर घटनाबारे छानबिन हुने पनि बताए ।
साथै मेयर सुवेदीले आफुहरु जनताको सेवामा पुर्ण रुपमा समर्पित रहेको पनि बताए । साथै उनले थप्दै भने 'अबको युवावर्ग जनताका निम्ती सेवामा समर्पित हुनुपर्छ र जनताको सेवामा लागेकाहरुमाथी गरिने जुनु्कै अत्यचारका विरुद्धमा पनि खडा हुनुपर्छ भन्ने मलाई लाग्छ ।'
मेयर सुवेदीलाई स्थानियहरुसंगको छलफलमा रहँदै गर्दा अचाजक एक युवक आएर मेयर सुवेदीमाथी आक्रमण गरेको थियो । मेयर सुवेदीमाथी आक्रमण भएपछि जनपथ र नगर प्रहरीले रोकेका थिए । लगातार वर्षाका कारण पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।
आज मात्रै पनि सो क्षेत्रमा पहिरो खसेको छ । पहिरोका कारण सो क्षेत्रका करिब दुई दर्जन घरलाई क्षति पुर्याएको खबर छ ।
यो पनि: पहिरो अवलोकन गर्न गएका बुटवलका मेयरमाथि पहिरोपीडितले गरे मुक्का प्रहार (भिडियोसहित)










