१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याम्स हस्पिटलका अध्यक्ष भण्डारीलाई सुप्रवल जनसेवा श्री



अ+ अ-

काठमाडौं । ह्याम्स हस्पिटलका अध्यक्ष आर।एस।भण्डारी नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मान पदवीका लागि देशको राजनीतिक, आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई पदकका लागि सिफारिस गरेको थियो ।

स्वास्थ्य क्षेत्रमा योगदान पुर्योएको भन्दै भण्डारीलाई सरकारले पदकको लागि सिफारिस गरेको थियो ।