काठमाडौं । नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न मागसहित अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ ।
न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि सो मुद्दाको आज टुंगो नलागेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।