३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

यस्तो छ १३ हजारभन्दा कमका स्मार्टफोन, जान्नुहोस् यसको फिचरको बारेमा

यस्तो छ १३ हजारभन्दा कमका स्मार्टफोन, जान्नुहोस् यसको फिचरको बारेमा
अ+ अ-

काठमाडौं । केही दिन पहिले मात्र आइटेलले आफ्नो नयाँ किफायती स्मार्टफोन आइटेल भिजन २-एसलाई सार्वजनिक गरेको थियो । उक्त फोनको मूल्य अन्तर्राष्ट्रिय बजार रु. ११ हजार पर्न जान्छ । त्यसैले नेपालमा यस फोनलाई १३ हजार रुपैयाँभन्दा कममा उपलब्ध हुने स्मार्टफोनको श्र्रेणाीमा राख्न सकिन्छ । ग्रेडेसन पर्पल, ग्रेडेसन ब्लु तथा डिप ब्लुमा गरी यस फोन तीन कलर अप्सनमा बजारमा उपलब्ध छन् ।

यो स्मार्टफोनमा एक्सक्लुसिभ भीआई अफरका रुपमा एक सय दिनभित्र स्क्रिन फुटे फ्री वन-टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि कम्पनीले दिएको छ । यो फोनको खास विशेषताचाहिँ यति कम मूल्यमा पाँच हजार एमएएचको ब्याट्री, डुअल क्यामेरा तथा यसको डिस्प्ले हो ।

यो फोन सिगंल भेरियन्टमा आएको छ । यसको २ जीबी, ३२ जीबी मोडल मात्र उपलब्ध छ । यो मूल्यले आइटेल टुएसलाई रेडमी नाइन-ए, रियलमी सी-टु, पोको सफ-थ्री-जस्ता फोनको प्रतिस्पर्धी बनाएको छ ।

आइटेल भिजन टू-एस स्मार्टफोनमा ६.५२ इन्चको एचडी आईपीएस वाटरड्रप डिस्प्ले उपलब्ध हुन्छ । यसको अस्पेक्ट रेसियो २०.९ छ भने स्क्रिन-टू-बडी रेसियो ९०५ छ । यो स्मार्टफोन प्रिमियम डिजाइन र अनेकन एडभान्स फिचर्सका साथ आएको छ । यो फोनमा एआई-एनेबिल्ड भिजन क्यामेरा, फेस अनलक तथा फिगंरप्रिन्ट सेन्सरजस्ता फिचरसमेत समावेश छन् । आइटेल भिजन टू-एस स्मार्टफोनले एन्ड्रोइड ११(९गो एडिसन) अपरेटिङ सिस्टममा काम गर्छ ।

पावरका लागि आइटेलको यो फोनमा पाँच हजार एमएएचको ब्याट्री उपलब्ध छ । यो फोन १३ हजार नेपाली रुपैयाँभन्दा कम मूल्यको दमदार स्मार्टफोन हो ।

आइटेल भिजन टू-एस स्मार्टफोनको रियरमा डुअल एआई क्यामेरा उपलब्ध हुन्छ । यो फोनको प्राइमेरी क्यामेरा ८ मेगापिक्सेलको छ । सेल्फी र भिडियो कलिङका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । जुन ए-आई ब्युटी मोडका साथ उपलब्ध गराइएको छ । आइटेलको यो स्मार्टफोन २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेजका साथ आएको छ ।

कनेक्टिभिटीका लागि यो फोनमा वाईफाई, फेस अनलक, फिङरप्रिन्ट सेन्सर, ३.५ एमएमको हेडफोन ज्याक तथा माइक्रो यूएसबी चार्जिङ पोर्ट दिइएको छ ।