२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन्द्र साह परिवर्तनको संकेत – राजेन्द्र महतो



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताउनु भएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको संकेत भएको बताउनु भएको हो । उहाँले जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले नेपालमा शोषण र उत्पीडनको पापको घडा भरिसकेको भन्दै अब परिवर्तनको विकल्प नरहेको जिकिर गर्नुभयो ।

सांसद महतोले भन्नुभयो, ‘सभामुख महोदय काठमाडौंमा बालेन साह के हो ? परिवर्तनको संकेत हो । जनताले खोजेको परिवर्तन, त्यो संकेत हो । आज म काठमाडौंवासीलाई यही मञ्चबाट बधाई दिन्छु, परिवर्तनको संकेत बालेन साहलाई बधाई दिन चाहन्छु । परिवर्तनको संकेत हो त्यो अरु केही होइन । नेपालमा पापको घडा भरिसक्यो, भरिएपछि फुट्छ । शोषण, उत्पीडनको घडा भरिसक्यो, अब परिवर्तन हुन्छ, राष्ट्रिय मुक्ति, क्रान्ति हुन्छ ।’

सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई शासक वर्गहरुले सत्ता र कुर्सीमा सिमित गरेको आरोप लगाउनु भयो । सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताउनु भयो ।

सांसद महतोले भन्नुभयो, ‘के भइरहेको हो यो ? २०१३ सालेदेखि पञ्चवर्षीय योजना बनिरहेको छ । २००७ सालदेखि वार्षिक बजेट बनिरहेको छ । ७० वर्षदेखि वार्षिक बजेट बन्दै आएको हो । यो देशको विकासको लागि विकासमा छलाङ लगाउनलाई आर्थिक वर्षको बजेट बनाइन्छ । ७० वर्षमा सरकारले ल्याएका योजना, बजेट, नीति खै के भयो ? नेपाले विकासको छलाङ लगायो कि लगाएन ? ७० वर्ष पहिला र आजको अवस्थामा के परिवर्तन छ ? यो संसदमा जनताको ध्यान एक प्रतिशत पनि छ ? के हो यो, कहिले साच्ने यसमा छलफल हुनुपर्दथ्यो । हामी दुर्गति, दुनियाँ सफलतातिर जाने कारण के हो त्यसको उपचार गर्नुपर्छ ।

नेपाललाई प्रकृतिले वरदान दिएको छ तर हामीले किन काम गर्न सकेनौँ । शासन गर्नेले लामो भाषण गरेर मात्रै हुन्छ, जनतालाई गुमराहमा पार्ने मात्रै ? नेपाली जनतालाई गोलचक्करमा राख्न मिल्दैन, यसमा समीक्षा हुनुपर्छ । नेपाली जनताले समृद्धि खोजेको हो, विकास खोजेको हो । देश र जनताको विकासको लागि राजनीति गर्ने हो तर यहाँ त सत्ता र कुर्सीको लागि भइरहेको छ । नेपाली जनताप्रति अन्याय भइरहेको छ, यसबाट नेपाली जनताले मुक्ति पाउनुपर्छ । सबैले सोचौँ । लोकतन्त्रको दुरुपयोग नेपालमा भएको छ ।’

सांसद महतोले शासक वर्गले नेपाली जनताप्रति अन्याय गरिरहेको भन्दै नेपाली नागरिकलाई उन्मुक्ति दिन आवश्यक रहेको बताउनु भयो ।