५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदको चुनावलक्षित कार्यक्रम मात्रै’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गर्नुभयो । उहाँले शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको बताउनु भयो ।

सांसद लिङदेनले भन्नुभयो, ‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्ष यता हेरिरहेको छु । पाचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रश्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनु भयो । मन्त्रीजीहरुको जिल्लामा ठूला ठूला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा । अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनु पर्छ कि पर्दैन ? प्राथमिकताहरु कसरी निर्धारण हुन्छन् ? हाम्रो देशको प्राथमिकता के हो ? हामीले हाम्रो देशको प्राथमिकता यो हो भनेर भन्ने सबैभन्दा माथिको ठाउँ कहाँ हो ? शैक्षिक सत्र शुरु भइसक्यो, पाठ्यपुस्क विद्यालयमा पुगेको छैन । अर्को साल विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनेछन् भन्ने सुनिश्चितता खै ? त्यतातिर त गएन, चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्यक्रममा टिपाएको छ ।’

सांसद लिङदेनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिनुभयो ।