१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठकः तीन वटै प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटीमा लगिने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । 

सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको तीन प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रश्ताव, संघठन सम्बन्धी प्रश्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्तावमा सुझाव दिएको बताउनुभयो । उहाँले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रिय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने निर्णय गरिएको बताउनुभयो । बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रश्ताव गरेको पनि उहाँले बताउनुभयो ।

प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । स्थायी कमिटीका सदस्य कमरेडहरुले प्रतिवेदनमाथि आफ्ना गहन सुझावहरु दिनुभएको छ,विधान संसोधन सम्बन्धी प्रश्ताव,संघठन सम्बन्धी प्रश्ताव,साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्ताव तीन वटै प्रश्तावमा स्थायी कमिटीका कमरेडहरुको सुझावहरु प्रश्तुत भएका छन्, यो सुझावहरुलाई समेटेर यी प्रतिवेदनहरु केन्द्रिय कमिटीको बैठकमा असोजको ८ र ९ गते केन्द्रिय कमिटीको बैठक आयोजना हुँदैछ,त्यो बैठकमा प्रश्तुत गरिन्छ,त्यो बैठकमा केन्द्रिय कमिटीका साथीहरुको सुझाव लिएपछि ति सुझावहरुलाई समावेश गरेर असोजको १५,१६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने गरी प्रतिवेदनहरु स्थायी कमिटीबाट अगाडि बढेका छन्, बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रश्ताव गरेको छ।’

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताउनुभयो । उहाँले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ स्थायी लागि पर्नेमा जोड दिने स्थायी कमिटीले निर्णय गरेको बताउनुभयो । आईतवारदेखि चलेको पार्टीको केन्द्रिय कमिटीको बैठक सोमवार सम्पन्न भएको छ ।