२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति प्रेस चौतारी नेपालको आपत्ति



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालले सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति आपत्ति जनाएको छ ।

चौतारीले एक विज्ञप्तिमार्फत सरकारले नीति तथा कार्यक्रममार्फत गलत तथ्यहरू प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैंमा निन्दनीय विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

महासचिव हिरामान लामाद्वारा जारी गरिएको विज्ञप्तीमा सरकारले नीति तथा कार्यक्रममार्फत गलत तथ्यहरू प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैंमा निन्दनीय विषय भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘हामीसहित सबै संघ–संस्थाहरुको विरोधपछि राजनीतिक उदेश्यबाट मुक्त भएर ‘आमसञ्चार प्रतिष्ठान’ नै कायम राख्ने सहमति भएको हो । तर सरकारले यो सहमतिलाई समेत लत्याएर फेरि गलत इतिहासलाई बैधता दिने र राजनीतिकरण गर्ने दुश्प्रयास गरेको छ । हामी यस गलत कामका विरुद्ध सचेत भई आवाज उठाउन आमसञ्चारकर्मी, सञ्चारजन्य संघ संस्था र सरोकारवाला निकाय सवैलाई हार्दिक आह्वान गर्दछौं । साथै नियोजित रुपमा गरिएको यो गलत निर्णय तत्काल सच्याउन सरकारसँग जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।