९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दु:खद- माधब नेपाल

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दु:खद- माधब नेपाल
file
अ अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दु:खद भएको बताउनुभएको छ । रोल …

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको हो । उहाँले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनुभयो । विमानस्थल निर्माणमा अर्बौ रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद भएको उहाँको भनाई छ ।

हाँले भन्नुभयो – ‘मैले सुने निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनु भनेर निर्णय भएछ । यो कस्तो देश भएछ हाम्रो ? यो विमानस्थलको बारेमा हामीलाई सबै थाहा छ । धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडी बढेर, १० वटा स्थानको गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त स्थान भनेको यही निजगढ हो भन्ने कुरालाई ल्याएर त्यहाँ जम्मा ८ हजार हेक्टर जमिनमा विमानस्थलको निम्ति आवश्यक पर्ने र वनको पनि विनाश नगरेर, त्यसलाई व्यवस्थापन गरेर विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरी रोकिएको कुरा सुनिन्छ । यो मास्टरप्लान तयार भइसकेको स्थितिमा ।

झन्डै ३ अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, अझै त्यसैको लागि नै २ खर्ब रुपैयाँको फास्टट्रयाक त्यति खर्च भइसकेको स्थितिमा, फास्टट्रयाक त्यही कामको निम्ति बनाउने अवस्थामा अहिलेको निम्ति जम्मा १९ सय हेक्टरभित्र ४ हजार मिटरको रनवे बनाएर त्यसलाई काम अगाडी बढाउन सकिने अवस्थामा रोकिएको कुरा सुन्नमा आयो । बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । सबैको साझा देश हो । देशको विकासमा लाग्नुपर्ने हो । तर त्यस्तो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा म ठान्दछु । त्यो विमानस्थलको विकल्प के ? रिजनल हबको रुपमा विकास गर्न सकिने त्यो विमानस्थल । त्यो ठाउँ उपयुक्त छ भनेर धेरै गहिरो, व्यापक अध्ययन पछि बल्ल बल्ल त्यो निर्धारण गरिएको हो ।’

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताउनुभयो । सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उहाँले बताउनुभयो । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उहाँले उल्लेख गर्नुभयो । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘मैले पटक–पटक निजगढ विमानस्थलको भ्रमण गर्ने, निरिक्षण गर्ने मौका पनि पाएको हो । त्यहाँ सुरुमा जाँदाखेरी अलिकति वरिपरी जग्गा थियो त्यहाँ । अहिले पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन् । जंगल छदै छैन त्यहाँ । जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडीको कारण के हो ? कतै अरु अरु चिजबाट हामी प्रभावित त भएका छैनौँ ? यस बारेमा गहन चिन्तन होस् । त्यो निर्णयको बारेमा पनि सम्बन्धित निकायले आफैले पनि त्यस बारेमा बिचार गरोस् । र नेपाल सरकारले यसलाई गम्भिरताका साथ, राजनीतिक दलहरुले गम्भिरताका साथ यसबारेमा कसरी अगाडी बढ्न सकिन्छ, त्यसमा जानुपर्ने आवश्यकता छ । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त छ । त्यहाँ वन विनाशलाई असर पारेको छैन । वन्यजन्तुको आगमनलाई पनि असर पारेको छैन । त्यसबारेमा म नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहान्छु ।’

अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणाली माथि बिचार गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताउनुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताउनुभयो । यसका निम्ति सत्तामा रहेका व्यक्तिहरुको धारणा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘भ्रष्टाचारको जालोलाई तोड्ने काम गरौँ । भ्रष्टाचार व्याप्त छ । जुनसुकै कुरामा पनि भ्रष्टाचार, बिना पैसाको कुनै काम हुँदैन । यसलाई समाप्त पार्न सबैभन्दा पहिले हामी स्वच्छ राजनीति गरौँ । निर्वाचनको प्रणालीको बारेमा चर्चा गर्दाखेरी अहिले निर्वाचन अत्यन्त महंगो भएको छ । निर्वाचनमा पैसाको विक्रि, वितरण हुने स्थिति । भोजभतेरको स्थिति । के राज्यले रोक्न सक्दैन ? निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन ? निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन, राज्यले नियन्त्रण गर्न सक्दैन भने नियन्त्रण गर्ने कसले ? निर्वाचन प्रणाली, निर्वाचन गर्ने तरिकाको बारेमा पनि गम्भिरताका साथ बिचार गरौँ । कसै कसैले समानुपातिक निर्वाचन प्रणालीमा गए यो समस्या समाधान हुन्छ भन्छन् म त्यो ठान्दिनँ ।

समानुपातिक निर्वाचन प्रणालीमा गयो भनेपनि कुरो उही हुन्छ । प्रत्येक गाउँको ठेकदारले गाउँको भोटको लागि पैसा माग्न थाल्छ । अहिले व्यक्तिसँग माग्थ्यो भोली पार्टीसँग माग्न थाल्छ । त्यो समाधान होइन । समाधान भनेको पैसाको जथाभावि दुरुपयोग भएको छ । सबैलाई समाप्त पार्नका लागि पहिले सत्ताको मुल ठाउँमा बसेका व्यक्तिहरु र त्यो अंगमा रहेका व्यक्तिहरु त्यही अनुसारको धारणामा क्लियर भएर आफ्नो जिम्मेवारीलाई राम्रो ढंगले पुरा गर्ने कुरामा यदी लाग्ने हो भने नसकिने कुरा हुँदैन ।’

उहाँले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिनुभयो । योजनालाई प्राथमिकिकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उहाँको भनाई छ ।