२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली समाज विचलनतिर गइरहेको छ – प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।

शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज बिचलनतिर गइरहेको बताउनुभएको हो । उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो । उहाँले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले चाहाना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर हाम्रो दिनदिनैको काम कारबाहीहरु चाहीँ हाम्रो भनाईसँग तालमेल भइराख्या छैन । कहिँ न कहीँ हाम्रो सिस्टमभित्र अहिलेपनि थुप्रै खोटहरु छन् । जसले गर्दा समाज रुपान्तरणको क्रान्तिकारी ढंगले अगाडी जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझबढी बिचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ ।

बिचारको आधारमा होइन, कुनै निष्ठाको आधारमा होइन, कुनै एउटा महान उद्देश्य राखेर त्यसको निम्ति सर्मपण, त्यागको आधारमा होइन । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ हामी सबैलाई । त्यसकारण आज हामीले इच्छुकको बारेमा र अरु तमाम सहिदहरुलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भिरताको साथ लिन जरुरी छ । र हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रीत हुन जरुरी छ । त्यसरी मात्रै हामीले वर्गलाई, राष्ट्रलाई, समाजलाई हामी केही दिन सक्छौँ । केही नयाँ वातावरण निर्माण गर्न सक्छौँ ।’

उहाँले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको बताउनुभयो ।