२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा



अ+ अ-

लुम्बिनी । नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो ।

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएकोसमेत उहाँले बताउनुुभयो ।

घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।