१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँडै पाठ्यपुस्तक प्रकाशन गर्न माग गर्दै नेविसंघले बुझायो जनक शिक्षालाई ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार पाठ्यपुस्तक प्रकाशनमा भइरहेको ढिलासुस्तीविरुद्ध नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।

‘नेपाल विद्यार्थी संघले छिटोभन्दा छिटो पाठ्यपुस्तकहरु पुर्णरुपमा प्रकाशन गर्न र समयमा प्रकाशन नभए नेपाल विद्यार्थी संघद्वारा संचालन हुने आन्दोलनको सामना जनक शिक्षा सामाग्री केन्द्रले गर्नुपर्ने कुरा पनि अवगत गराएको छ ।’ शेर्पाले भने ।

ज्ञापनपत्र बुझ्दै जनक शिक्षा सामाग्री केन्द्रले केहि हप्ता भित्रै पाठ्यपुस्तकहरु पुर्णरुपमा प्रकाशन गरि विद्यार्थीहरुलाइ उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।