१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा



अ+ अ-

काठमाडौँ  । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो ।

संस्थाका कर्मचारी र मिल सञ्चालकको मिलेमतोमा खरिद निर्देशिका विपरीत रु ९७ लाख दुई हजार ७८४ बराबरको हानी नोक्सानी गरेको आयोगको अनुसन्धानमा पाइएको छ । आयोगले कार्यालय प्रमुख गङ्गाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादव विरुद्ध बिगो अनुसारकै कारवाही र कैद सजायको माग गरेको छ । 

निलकमल सेलर मिलका सञ्चालक अशोककुमार अग्रवाल विरुद्ध रु सात लाख ५१ हजार १५३ र गिरधारी खाद्य उद्योगका सञ्चालक लालुप्रसाद अग्रवाल विरुद्ध रु ५८ लाख ७५ हजार ६१२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । त्यस्तै आयोगले दाङ राजापुर गाँउपालिकाको  सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दीपक घर्ती, कोषाध्यक्ष पूर्णबहादुर घर्ती र सचिव निमा चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले गैरकानूनीरूपमा रु चार लाख ५२ हजार २६५ बराबरको स्रोतको दुरुपयोग गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।