२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आफूलाई मन पर्ने सरकार आफैँले रोज्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष’



अ+ अ-

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले आफूलाई मन पर्ने सरकार आफैँले रोज्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् ।

स्थानीय निर्वाचन सम्पन्न भएको प्रसंगमा कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफूलाई मन पर्ने सरकार आँफैले रोज्न पाउनु बताउँदै यसपटकको निर्वाचनले राजनीतिक दल तथा हामी जनता सबैलाई राम्रो सन्देश दिएको प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन् ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफूलाई मन पर्ने सरकार आँफैले रोज्न पाउनु हो । यसपालीको निर्वाचनले राजनीतिक दल तथा हामी जनता सबैलाई राम्रो सन्देश दियो जस्तो लाग्छ । देशको विकासमा सथानीय सरकारको निक्कै ठूलो भूमिका हुन्छ । निर्वाचित सबै जनप्रतिनिधिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।’