२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अफगानिस्तानमा भएको आतङ्कवादी हमलाको निन्दा



अ+ अ-

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

महासचिवले अफगानिस्तानको मजार-ए-शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको मस्जिद शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै दुःख व्यक्त गर्नुभएको महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत सार्वजिनक गर्नुभएको छ। गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

उहाँले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान गर्नुभएको छ।

अफगानिस्तानमा तालिबान शासनको विरोध गर्दै आएको इस्लामिक स्टेट (आईएस) समूहले गरेको शृङ्खलाबद्ध बम आक्रमणबाट प्रभावित भएको बेला यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा बुधबार साँझको प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना उपासकको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए।

बुधबारको विष्फोटमा काबुलको प्रहरी जिल्ला (पीडी) ४ मा साँझको नमाजको क्रममा मस्जिदमा विस्फोट हुँदा कम्तिमा पाँच उपासकको मृत्यु भएको थियो र अन्य १७ जना घाइते भएका थिए। हजरत-ए-जेकरिया मस्जिदमा मानिसहरू प्रार्थना गरिरहेका बेला विस्फोट भएको थियो।

मजार-ए-शरीफको तीनवटा भ्यान/बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।