२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा कर घटाउने सरकारको तयारी



अ+ अ-

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य थालेको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने भएको हो ।

जसअनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत पनि यसलाई सम्बोधनको तयारी गरिएको छ ।

यद्यपि, खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ । यसघि नेपाल आयल निगमले सरकारसँग लिटरमै १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुगेको छ । केही दिनअघि छिमेकी राष्ट्र भारतले पनि कर कटौती गरेको थियो । अत्याधिक करका कारण इन्धनको मूल्य निकै वृद्धि भएको भन्दै चर्को आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।