१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज हङकङसँग खेल्दै



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्स अन्तर्गत आज हङकङसँग भिड्दैछ । 

उज्बेकिस्तानको मज्मौसी स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ ।

समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेल्दै २-१ गोलले पराजय ब्यहोरेको थियो । 

नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्ससँगको नतिजामा खेलाडी सन्तुस्ट नभएको भन्दै हङकङमाथि दबाब हुने बताएका छन् । 

पुजा रानाले चोटका कारण आजको खेल गुमाउने उनले जनाएका छन्।

समूह एफमा नेपाल फिलिपिन्स र हङकङ छन्। प्रतियोगितामा कायम रहन नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब रहेको छ ।