२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेंगलोर कोलकतासँग ९ विकेटले पराजित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)  टी-ट्वान्टी क्रिकेटमा  कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

सोमबार दुबईमा भएको खेलमा कोलकताले बैंगलोरमाथि ९ विकेटले जित हात पारेको हो । 

जितको लागि ९३ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकताको जितमा सुबमन गिलले ४८ रन बनाए । उनले  ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।  डेब्यू खेल खेलेका बायाँ हाते युवा ओपनर भेंकटेश ऐर २७ बलमा ७ चौका र १ छक्का सहित ४१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोर १९ ओभरमा ९२ रनमा अल आउट भएको थियो ।

बेंगलोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रन बनाए । कप्तान विराट कोहली, एवि डिभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता प्रमुख ब्याट्सम्यान चल्न नसकेपछि बेंगलोर सस्तैमा समेटिएको थियो ।

कोलकाताका वरुण चक्रवर्तीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । यस्तै लोकी फर्गुसनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने आन्द्रे रसेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए ।

आज पञ्जाब किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।