९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

गैरआवासीयका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै शिक्षामन्त्रीलाई एनआरएनएको ज्ञापनपत्र

गैरआवासीयका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै शिक्षामन्त्रीलाई एनआरएनएको ज्ञापनपत्र
अ अ+ अ-

लण्डन । हालै बेलायतको भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई यहाँको गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सङ्घ युकेका अध्यक्ष प्रेम गाहा मगरसहितको टोलीले हस्तान्तरण गरेको सो ज्ञापनपत्रमा नेपालको मूल कानुन, ऐन, नियम तथा सरकारको नीति तथा कार्यक्रममा आवश्यक परिवर्तन गर्नुपर्ने , नियम–कानुनले समेटेका र देशले नीतिगतरूपमा स्वीकार गरिएका भए पनि अस्पष्टता भएका र कार्यान्वयन हुन नसकेका विषय र सरकारको दृष्टि नपुगेका कतिपय गैरआवासीय नेपालीका लागि प्रत्यक्ष सरोकार राख्ने लगायतका विषय मेटिएका छन् ।

यसैगरी नागरिकताको निरन्तरताका सम्बन्धमा रहेको र गैरआवासीय नेपाली नेपालको वंशज नागरिकका रूपमा विदेशिएका नेपाली भएको तर आर्थिक तथा अन्य कारणले देश छोडेका यी जन्मसिद्ध नेपालीहरूलाई उनीहरूको नेपाली वंश, परम्परा, वेषभूषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसँगको नातालाई राजनीतिकरूपमा चुडाउने कार्य दीर्घकालीनरूपमा नेपाल र नेपालीको हितमा नरहेको उल्लेख गरिएको छ ।

गैरआवासीय नेपालीहरूलाई नेपालको नागरिकताबाट बञ्चित गराउने खालका नेपालको संविधान तथा कानुनमा भएका असमान प्रावधानलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्न गैरआवासीय नेपाली सङ्घ युके नेपाल सरकारसँग जोडदार माग गर्दछ भनिएको छ ।

यसैगरी सम्पत्तिको सुरक्षाका सम्बन्धमा पनि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गर्दै ‘गैरआवासीय नेपालीहरूको नेपालमा रहेको अचल सम्पत्तिका सम्बन्धमा सरकारको अस्पष्ट नीति तथा सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा नेपालमा स्पष्ट नीति नियमको अभाव रहेको र फलस्वरुप गैरआवासीय नेपालीहरू नेपालमा रहेको उनीहरुको अचल सम्पत्तिका सम्बन्धमा असुरक्षित महसुस गरिरहेका छन् भने अचल सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा व्याप्त प्रशासनिक झन्झटका कारण गैरकानुनी बाटोबाट नेपालको सम्पत्ति बाहिरिएकोतर्फ ध्यान दिन गैरआवासीय नेपाली सङ्घ युके नेपाल सरकारलाई जोडदार माग गर्दछ”, भनिएको छ । “नेपालको संविधानले व्यक्तिलाई सम्पत्तिको पूर्ण अधिकारको ग्यारेन्टी गरिसकेको अवस्थामा सम्पत्तिको प्राप्ति, भोगचलन र स्वामित्व हस्तान्तरणका सम्बन्धमा आम नेपाली र गैरआवासीय नेपालीको बीचमा कुनै भेदभाव नहुने गरी स्पष्ट कानुनी व्यवस्था गर्न”, ज्ञापनपत्रमा भनिएको छ ।

यसका साथसाथै गोरखा सैनिकहरूलाई न्याय दिलाउने सम्बन्धमा, नेपालमा गैरआवसीय नेपालीले लगानी गर्न लगानीमैत्री वातावरण निर्माण गर्ने र अध्ययनका लागि बेलायत आउने विद्यार्थीका सम्बन्धमा पनि नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ ।