काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा व्यक्त गर्दै भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने गरेको आरोप लगाउँदै त्यसको बिरोध तथा भर्त्सना गरेका हुन् । उनले लेखेका छन्,
पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान 'अपवित्र'गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।
यो निर्णय तत्काल फिर्ता गरियोस्— Kamal Thapa (@KTnepal) September 21, 2021










