१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई सिर्जनाको बधाई ,मत जित्न सकिन मन जिते



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा पराजित नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले निर्वाचित प्रमुख बालेन साहलाई बधाई दिनुभएको छ ।

सामाजिक संञ्जाल मार्फत साहलाई बधाई दिदै सिंहले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गरेको जनाउनु भएको छ ।

उहाँले विजयी हुने गरी मत जित्न नसके पनि मन जित्न सकेको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ – “काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।”

सिंहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।