१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना र ग्रानडाले बराबरी खेलेका छन् । 

 सोमबार राति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमा नै ग्रानडाले डोमिंगोस डुआर्टेको गोलबाट सुरुवाती अग्रता दिलाएका थिए । 

खेल सकिनै लाग्दा ९० औं मिनेटमा रोनाल्ड आरउजोले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । बार्सिलोना ४ खेलमा ८ अंकसहित तालिकाको सातौं स्थानमा छ । ग्रानडा ५ खेलमा ३ अंकसहित १७ औं स्थानमा छ ।