७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

बाजुराको बुढीगंगाको सम्पूर्ण मतदान रद्द, पुन मतदान हुने

सीडीओ र दुई प्रहरी निकायमा प्रमुखलाई कारबाही गर्न आयोगको निर्देशन

बाजुराको बुढीगंगाको सम्पूर्ण मतदान रद्द, पुन मतदान हुने
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको आजको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा ९४० बमोजिम सो निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी जानकरी दिनुभएको छ । गत वैशाख ३० गते सो पालिकामा भएको मतदानमा राजनीतिक विवाद भएपछि आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा छानविन टोली स्थलगतरूपमा खटाएको थियो ।

आयोगले बाजुरका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरुलाई तीन दिनभित्र हटाई सो पदमा अन्य कर्मचारीलाई खटाउन पनि निर्देशन दिएको छ ।

आयोगले ती पदमा जिम्मेवार कर्मचारी खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयललाई निर्देशन दिनाका साथै निजहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा ३८ को उपदफा १ बमोजिम मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ । रासस