२५ पुष २०८१, बिहीबार
,
Latest
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो लिग कप: टोटेनह्यामसँग लिभरपुल स्तब्ध, न्यूक्यासलसँग आर्सनल पराजित नेपाल प्रहरीद्वारा पाँच महिनामा ५,८४६ जना फरार प्रतिवादी पक्राउ मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र रविको मुद्दामा थुनछेकको बहस सकिँदै, आजै आदेशको सम्भावना अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, लाखौं विस्थापित ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीसवर्ष सडकको बासपछि यसरी तुलसालय पुगे ‘बंगाली’



अ+ अ-

काठमाडौं । तीस वर्षभन्दा बढी बिताए उनले यही गाउँटोलमा । चापागाउँ दोबाटोमै पोखियो उनको पसिना र जीवन पत्तै पाएनन् । उनी घरको अर्थात् सानोतिनो कामका सारथि नै थिए । कसको घरमा के काम पथ्र्याे उनी उनी हाजिर हुन्थे । त्यसैले सबैको मुखैमा झुण्डिएको थियो ‘बंगाली’ । घर भारतको बंगाल बताउने उनी त्यस्तै अठार बीस बर्षजतिमा यहाँ आएका हुन् । त्यसपछि यतै भुले ।

गाउँटोलबासी भन्थे– सारै इमान्दार छ । रातिको समयमा कोही केटी मान्छे या महिला त्यही बाटो भएर हिँड्दा पनि उनी छन् भनेपछि ढुक्क हुने । कोही त्यस्तै मानिसले रातिको समयमा हिँड्ने महिला या बालिकालाई त्यस्तै नजरले हेर्यो भने पनि उनले प्रतिवाद गर्थे । यसो घरको काम गरिदिन्थे बास भने सडकमै थियो । कसैको घरमा काम गर्यो, एक दुई सय पायो,यसो केही खायो बास सडकमै । डेरा या कुनै बस थिएन । सडकमै बिताए कम्तीमा तीन दशक । चापागाउँ दोबाटो छिर्ने गल्ली तिरै हुन्थ्यो उनको बास । त्यतै कसैकामा यसो भोज या पाटी पर्यो भने राति त्यतै सुतिदिन्थे नत्र बास सडकमै हो ।

यतिखेर भने उनी सडकको आफ्नो ‘ओछ्यान’बाट नउठेको करिब २० दिन भएछ । शरीर चल्न नसक्ने भयो, कमजोर भए, सुतेको सुत्यै । सुतेको ठाउँमै किरा भन्किन थाले । त्यसपछि एकजना आनी कुँवर बालाले देखेर फेसबुकमा स्टाटस लेखिन्– मानिस मरेपछि मात्र उपचार खोज्ने यो समाज कहिल्यै सुध्रिएन । यस्ता बेसहाराको लागि सरकार त हुनुपर्ने खोइ कसले हेर्ने हो ? त्यस लगत्तै नेवि संघका नेता तथा समाजसेवी दिनेशविक्रम शाहले खबर गरे तुलसालय हरिहर प्रतिष्ठानकी अध्यक्ष सरु सुवेदीलाई ।

बुधबार सरु झापा थिइन् । त्यस लगत्तै उनी आइन् र उनी रहेको स्थानमा दिनेश र सरु पुगे । त्यस लगत्तै सुरु भयो बंगालीको उद्धारको काम ।
सात दोबाटो प्रहरीले पनि ती व्यक्तिलाई चिनेको बताउँछ । उनको नाम कसैलाई थाहा छैन तर आफू बंगाली भएको उनले बताएपछि लामो समयदेखि सबैले उनलाई बंगाली भन्दै आए । बुधबार भैंसेपाटी प्रहरीको समन्वयमा सातदोबाटो प्रहरीको सहयोगमा उनलाई उद्धार गरी चाँगुनारायणमा रहेको तुलसालय आश्रममा पुर्याइयो ।

आश्रममा लगेपछि सरुले उनलाई नुहाइ धुवाई गरी नयाँ कपडा लगाइदिइन् । अनि खिसिक्क हाँसे बंगाली । अहिले उनको शरीर हाडछाला मात्रको छ । हुनत उनको बास सडककै हो तर यसपालि सडकमा थला परेपछि भने कसैले हेरेनन् उनलाई । आश्रममा पुगेपछि आफूले जीवन पाएको महसुस गरेर हास्न थालेको सरु बताउँछिन् ।

अहिले यस तुलसालय आश्रममा बालबालिका र बृद्धबृद्धा गरेर ३० जना भन्दा बढी असहायहरु छन् । हुम्लामा आफूलाई जन्म दिएको केही मिनेटमै आमा गुमाएकी स्तुती पनि यहीँ छन् । सरुले नै २० दिनको बच्चा हुम्ला पुगेरै उद्धार गरेर ल्याएकी हुन्, अहिले स्तुती ४ महिनाकी भइन् । उनी र उनका दुई दिदीलाई सरुले उद्धार गरेर ल्याएकी थिइन् । आफैँसँग राखि, आफ्नै छोरी बनाएर सरुले स्तुतीलाई हुर्काएकी छिन् ।

सरु भन्छिन्– कुनै स्थानमा यसरी मानिस असहाय भएको भन्ने सुनेँभने म सहनै सक्दिन । घरायसी कामले झापा पुगेकी थिएँ । दिनेश भाइले फेसबुक स्टाटस सेयर गरेपछि म झापाबाट बुधबारै आएँ र हामी सातदोबाटो पुगेर बंगालीको उद्धार गर्यौँ । अब उनी आश्रममै सुरक्षित छन् । यस्तै अरु कैयौँ बेसहारा छन् हामीसँग । साना नानीबाबुहरु छन् । मैले नै खुवाउने, पालनतालन गर्ने भएकाले मलाई त मेरै सन्तान जस्तो लाग्छ तर ती हामी सबैका सन्तान हुन् । हामी सबैले आआफ्नो स्थानबाट उनीहरुको जीवनका लागि सहयोग गर्न सक्छौँ । शिक्षादिक्षा सहित उनीहरुको भविष्य निर्माण गरिदिन हामी सबैले सहयोग गर्न सक्छौँ ।

आफ्नी आमा तुलसादेवी सुवेदीको स्मृतिमा सरुले सो आश्रम स्थापना गरेकी हुन् । आज यस आश्रम दर्जनौँ लालाबाला र असहायहरुको आफ्नो घर बनेको छ । यहाँ स्तुतिजस्ता अरु पनि कैयौँ लालाबालाले माया र जीवन पाइरहेका छन् । आश्रममा रहेका १८ जना बालबालिकालाई हालै एकैदिन विद्यालय पठाएको बडो भावुक दृश्य सरुले आश्रमको फेसबुक पेजमा राख्दा धेरैले निकै भावुक भएर कमेन्ट गरेका थिए । उनीहरुलाई भक्तपुर सूर्यविनायकको आशा शिक्षा सदनले लगभग निशुल्क पठनपाठनमा सहयोग गरेको छ । आश्रममा पुग्ने जोकोही पनि सरुको समाजसेवा देखेर भावकु भएर फर्किने गर्दछ ।