९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ: पूर्वप्रम खनाल

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ: पूर्वप्रम खनाल
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको भूूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताउनुभयो ।

“राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल भएर उभिन सक्नुपर्छ, यस्तो परराष्ट्रनीति जरुरी छ”, उहाँले भन्नुभयो, “अब कूटनीतिक कुरा गर्ने होइन, राष्ट्रिय सहमतिबाट हाम्रो भूमि र सीमाको संरक्षण गर्नुपर्छ ।”

नेकपा (एकीकृत समाजवादी) का नेता खनालले वर्तमान संविधानलाई मार्गदर्शन मानेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भूमिसम्बन्धी तथ्याङ्क हामीसँग अध्यावधिक छैन, कुनै पनि ठाउँबाट क्लिक गर्दा हेर्न सकिने गरी बनाउनुपर्छ ।” नेता खनालले अब राजनीतिक दल ठीक ढङ्गले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताउनुभयो ।

नेता खनालले श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनले १० वर्षअघि नै गरिबी निवारण गर्यो, जम्मा दुई करोड ९२ लाख भएको जनसङ्ख्यालाई गरिबी उन्मूलन गरेर जान किन सकिदैन रु सकिन्छ ।”

उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्ने र देशमा उद्योगधन्दा सञ्चालनका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “नेपाल पर्यटन र प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै सबैभन्दा सुन्दर देश हो”, उहाँले थप्नुभयो, “लुम्बिनीकै विकास गर्नसके पनि धेरै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ तर त्यसको एकीकृत योजना बनाएर विकास गर्न सकिएको छैन ।” उहाँले विश्वभरिका पर्यटक नेपालमा भित्र्याउनेस्थलको पनि विकास गर्न नसक्नुका कारण आफ्नो मान्छे भर्ना गरेर लाभ लिन खोजेका कारण त्यस्तो भएको बताउनुभयो ।

सरकारको आगामी नीति तथा कार्यक्रममा प्रगतिशील कर प्रणाली ल्याउन नसकेको उल्लेख गर्दै उहाँले समाजवादको पक्षधरले त्यो कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेता खनालले देशको मालिक जनतालाई बनाउन सूचना प्रविधि, तालिम भित्र्याउनुपर्नेमा जोड दिँदै नीति तथा कार्यक्रममा कला, साहित्य र संस्कृतिकको विकासका बारेमा केही पनि लेखेको बताउनुभयो । “सभ्य समाजका लागि कला, साहित्य र संस्कृतिको विकास गर्न जरुरी छ, यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “मुलुकको आर्थिक, सामाजिक, राष्ट्रिय सुरक्षाका नीति, विदेश नीति बनाउनुपर्छ ।”