• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखे: सांसद विश्वकर्मा



काठमाडौँ । नेपाली काङग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताउनु भएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो भएको टिप्पणी गर्नुभयो । विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आफ्ना कार्यकर्तासँग बसेर गफ गरे जस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ कहाँ अदालतको आदेश छ । हुँदै नभएको कुरालाई जोडेर उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रम प्रतिको टिप्पणी हो । त्यो गर्नु भएको छ त्यसलाई सामान्य रुपमा लिन्छौं ।’

सांसद् विश्वकर्माले पूर्वपधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताउनु भयो।