९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य: अध्यक्ष गोल्छा

नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य: अध्यक्ष गोल्छा
अ अ+ अ-

काठमाडौँ । प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीवार देखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ।

प्लाष्टिक मेलाको उद्धाटन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले गर्ने भएको छ । उद्धाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताउनु भयो । उहाँले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताउनु भयो । अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य भएको बताउनु भयो । उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार सरकारले घटाएर पाँच प्रतिशत कायम गर्नु माग गर्नु भयो । भन्सार लाग्ने भएकाले अहिले नेपालमा प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिएर ठूलो विकृति ल्याएको बताउनु भयो । अध्यक्ष गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा स्वागयोग्य रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादन बढाउनुपर्छ भन्दै महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर तयार पारेकाले सरकारसँग उद्योग वाणिज्यसंघ सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनु भयो । अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलताको समस्याले निजि क्षेत्रमा निरासा छाएकाले यो वर्षको बजेट निजि क्षेत्रले धेरै चासोले हेरिरहेको बताउनु भयो । उहाँले निरासालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस व्याकेज ल्याउँछ भन्ने निजी क्षेत्रले आशा गरेका बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ प्लास्टिक आजको दिनमा कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको छ । तर, प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गरिने गरेको छ । प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री हो । यसलाई व्यवस्थापन गर्न भने जरुरी छ । नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउँदै छ भन्ने सुनें। यो एकदमै स्वागतयोग्य कुरा हो । उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा १० प्रतिशत भन्सार लाग्छ त्यसलाई घटाएर पाँच प्रतिशत कायम गर्नु पर्ने छ । प्लास्टिक सामाग्री उत्पादन गर्ने कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क छ। जसका कारण भारतबाट धेरै नै प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिरहेका छन्। यसले ठूलो विकृति ल्याएको छ। भन्सार घटाउने हो भने विकृतिहरु पनि हट्न सक्छ । सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा गरेको छ । यो एकदमै स्वागयोग्य छ । नेपालमा उत्पादन बढाउनुपर्छ । उद्योग वाणिज्य महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर पनि लिएर आएको छ । यो विषयमा सरकार उद्योग वाणिज्यसंघ सहकार्य गरौं । यो वर्षको बजेट निजि क्षेत्रले धेरै चासोले हेरिरहेको छ । बजारमा देखिएको तरलताको समस्याले निजि क्षेत्रमा निरासा छाएको छ । निरासालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस व्याकेज ल्याउँछ भन्ने आशा गरेका छौं । १५ गते आउने बजेटले अहिले अर्थतन्त्रमा देखिका समस्या समाधानको लागि काम गर्ने छ ।’

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको माग अनुसार सरकारले स्वदेशी उत्पादनको दशक घोषणा गरेको बताउनु भयो । उहाँले उद्योग परिसंघले अगाडि सारेका मेक इन नेपाल मेड इन नेपाल अभियानलाई सहयोग गर्ने घोषणा गर्नु मुलुकमा औद्योगिक वातावरण राम्रो बन्न सक्ने अवस्था बनेको बताउनु भयो । अध्यक्ष अग्रवालले निजी क्षेत्रले माग गरे अनुसार घरजग्गा कारोबारलाई व्यवस्थापन गर्ने लगायतका कुरा बजेटमा समेत समेटिएर लागू हुने आशा गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ निजी क्षेत्रको माग अनुसार सरकारले स्वदेशी उत्पादनको दशक घोषणा गरेको छ । सरकारको उद्योग परिसंघले अगाडि सारेका मेक इन नेपाल मेड इन नेपाल अभियानलाई सहयोग गर्ने घोषणा गरेको छ । मेक इन नेपालमा परिसंघले उद्योगलाई फस्टाउन ३४ वटा स्पष्ट रुपमा इन्टरभेन्सनका कुरा गरेका छौं । यो वर्षको कार्यक्रममा सरकारले घरजग्गा कारोबारको कुराहरु समावेश गरेको छ । धेरै कुराहरु नीति तथा कार्यक्रममा समावेश भएको छ । मलाई लाग्छ नीति तथा कार्यक्रममा ल्याएका कुरा बजेटमा पनि लागू गर्ने छ ।’

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्लास्टिक दैनिक जीवनमा निकै आवश्यक भएको बताउनु भयो ।उहाँले जसरी आगो विना चुलो बल्दैन त्यसरी नै अब प्लास्टिकजन्य सामग्री विना हाम्रो व्यवहार नचल्ने भएको बताउनु भयो । अध्यक्ष मल्लले प्लास्टिक प्रयोग भएर जुन किसिमको वेस्ट आउँछ, त्यसलाई पनि व्यवस्थित गर्नु पर्ने बताउनु भयो । उहाँले त्यसका लागि मुलुकभित्र नै प्लाष्टिक रिसाइकलिङ उद्योग स्थापना गरिनु पर्ने बताउनु भयो । मल्लले प्लास्टिकबाट उत्सर्जित फोहोरको वातावरणमा दीर्घकालीन असर पर्ने भएकाले रिसाइकलिङ उद्योग स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले प्लास्टिक उद्योगीहरुले उपकरण र कच्चा पदार्थ आयात गर्दा कर लगाउने प्रथा खारेज गरिनुपर्ने बताउनु भयो । उद्योगबाट प्रशोधन गरी रोजगारी दिएर हुने काममा कर लगाएकै कारण उद्योग फस्टाउन नसकेको मल्लको भनाइ छ।

उहाँले भन्नुभयो,‘ काठमाडौंमा मात्रै नभएर देशको सातै प्रदेशमा विस्तार गर्न सके प्लास्टिक उद्योग र व्यवसाय अझै फस्टाउँदै जान्छ । प्लास्टिक दैनिक जीवनमा निकै आवश्यक भएको छ। आगो विना चुलो चल्दैन। अब भने प्लास्टिकजन्य सामग्री विना हाम्रो व्यवहार नचल्ने भइसकेको छ । अब यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारे यस क्षेत्रमा लागेका उद्योगीहरुलाई विनम्र अनुरोध गर्न चाहान्छु भने, प्लास्टिक प्रयोग भएर जुन किसिमको वेस्ट आउँछ, त्यसलाई कसरी व्यवस्थित गर्ने बारे ध्यान दिन जरुरी छ। प्लास्ट नेपालकै अगुवाईमा होस् वा अन्य कुनै विधिबाट रिसाइकलिङ उद्योग स्थापना गर्नैपर्छ। प्लास्टिकबाट उत्सर्जित फोहोरको वातावरणमा दीर्घकालीन असर पर्ने भएकाले रिसाइकलिङ उद्योग स्थापना गर्न आवश्यक छ । प्लास्टिक उद्योगीहरुले उपकरण र कच्चा पदार्थ आयात गर्दा कर लगाउने प्रथा खारेज गरिनुपर्छ । तयारी सामग्रीमा अन्तःशुल्क नलाग्ने तर, उद्योगबाट प्रशोधन गरी रोजगारी दिएर हुने काममा कर लगाएकै कारण उद्योग फस्टाउन नसकेको छैन ।’

यस्तै, उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले मानव स्वास्थ्य र वातावरणलाई ख्याल गरेर प्लास्टिक उत्पादन गर्दा सरकारको सधैं साथमा रहेको बताउनु भयो । उहाँले उद्योगीहरुलाई सरकारले रोकेका प्लास्टिकजन्य वस्तुको उत्पादन नगर्न अग्रह गर्नु भयो । सचिव पोखरेलले सरकार एउटा उद्योगको मात्रै विषयमा नरहेर नेपालमा सम्पूर्ण उद्योगहरुलाई औद्योगिक वातावरण बनाउने पक्षमा रहेकाले निजि क्षेत्रसँग सहकार्य गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मानव स्वास्थ्य र वातावरणलाई ख्याल गरेर प्लास्टिक उत्पादन गर्दा सरकारको सधैं साथ रहने छ। सही तरिकाले कहाँ र कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण हुन्छ। सरकारले रोकेका प्लास्टिकजन्य वस्तुको उत्पादन नगरिदिनुहुन आग्रह गर्दछु । हामी एउटा उद्योगको मात्रै विषयमा नरहेर नेपालमा सम्पूर्ण उद्योगहरुलाई औद्योगिक वातावरण बनाउने पक्षमा सरकार छ । निजि क्षेत्रका नेतृत्वदायी संस्थाहरुसँगको सहकार्यमा गर्छ ।’

प्लास्ट नेपाल फाउण्डेशनले आयोजना गरेको यो तेस्रो संस्करणको प्रदर्शनी हो। कोरोना महामारीका कारण भने केही वर्षयता प्रदर्शनी रोकिएको थियो । प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने आयोजकले बताएको छ । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, कच्चा पदार्थ र मेसिनरी उपकरणहरुको स्टल राखिएको छ ।