५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको उपसभापति खड्काको भनाइ



अ+ अ-

चितवन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताउनुभएको छ ।

आज  पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत गरेको चर्चा गर्दै उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।” स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गर्नुभयोे ।

राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिनुभयो ।