११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहनुभएको छ ।

बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरु युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहनुभएको छ ।

त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरु दुर्गा गुरुङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे रहनुभएको छ ।

राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की (अछामी)लाई पठाइएको छ ।