• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहनुभएको छ ।

बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरु युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहनुभएको छ ।

त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरु दुर्गा गुरुङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे रहनुभएको छ ।

राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की (अछामी)लाई पठाइएको छ ।