११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको काठमाडौँ महानगरमा पहिलो जीत, डंगोल बने वडाध्यक्ष



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौँ महानगरपालिकाको वडामा पहिलो जीत निकालेको छ । काठमाडौँ महानगरको वडा नं १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोल तीन हजार ४७६ मतसहित निर्वाचित भएका हुन् ।

काठमाडौँ महानगरको वडामा विजयी हुने डंगोल एकीकृत समाजवादीका एकमात्र उम्मेदवार हुन् । उनले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जीवन डंगोललाई फराकिलो मतले जितेका हुन् । जीवनले एक हजार ५७२ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार पूर्णकाजी शाक्यले एक हजार ३९३ मत पाएका छन् ।

यसअघि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि ईश्वरमान एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।