९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड

राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको छ ।

छलफलमा बोल्दै नेपाली कांग्रेसका कमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको र कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका विषयका साथै मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने विषयमा अलि बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको खेती भएको आरोप लगाउँदै कार्यान्वयन गर्ने प्रतिबद्धता नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम चिट चोर्न नजान्ने विद्यार्थीको उत्तरपुस्तिका जस्तो छ, वित्तीय अनुशासनको कुरा पनि नीति तथा कार्यक्रममा ल्याइएको छ, त्यो कार्यान्वयन गर्न सक्छ कि सक्दैन रु”

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले नीति तथा कार्यक्रम २०८७ भित्र दिगो विकासको लक्ष्य हासिल गर्ने, आर्थिक वृद्धि, रोजगारीको प्रमुख बाहक भएको र त्यसको कार्यान्वयनमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले पर्यटकीय गन्तव्यको रुपमा विकास, सङ्क्रमणकालीन न्यायका बाँकी कामलाई निष्कर्षमा पु¥याउनेजस्ता सरकारका राम्रा कार्यक्रम रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) डा बेदुराम भुसालले नीति तथा कार्यक्रम वस्तुगत धरातलमा आधारित भएर आए पनि कतिपय नकारात्मक पक्षहरु पनि भएको बताउनुभयो । “जडीबुटी खेती उत्पादन गर्ने उद्योग स्थापना गर्नेतर्फ सरकार जानुपर्छ, नेपालमा बर्सेनि मलको अभाव हुन्छ”, उहाँले भन्नुभयो, “मल कारखाना स्वेदशमै खोल्न जरुरी छ, सरकार मल कारखाना खोल्नुपर्ने जरुरी छ ।” उहाँले पेट्रोलियम पदार्थ कटौती गर्न विद्युत्को उपयोगमा वृद्धि गर्ने खालको कार्यक्रम पनि सरकारको नभएको र कालापानी, लिम्पियाधुरा, लिपुलेख भूभाग नेपाललाई फर्काउने र सीमाका समस्याका बारेमा प्रष्टरुपमा आउन नसकेको धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद हरिराम चौधरीले सुदूरपश्चिममा मेडिकल कलेजको काम धेरै अघि बढेको भए पनि सञ्चालन गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नीति आउन नसकेको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक राम्रो उल्लेख गर्दै मिथिला क्षेत्रमा उर्बर भूमि घोषणा गरी नमूना कृषि भूमि तोकेर जानुपर्ने सुझाव दिनुभयो । उहाँले उक्त क्षेत्रले सिङ्गै नेपाललाई खान पुग्ने उत्पादन गर्ने उल्लेख गर्दै १७ प्रतिशत मुस्लिम आवासविहीन भएको हुँदा आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।