२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरताको घोषणापत्र हो नीति तथा कार्यक्रम- अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्र भनेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै उनले कार्यक्रम शब्दजालको पुलिन्दा भएको बताए । उनले भने, “यो नीति तथा कार्यक्रम तेलमा तारिएको तर चास्नीमा डुबाउन बाँकी जेरी जस्तो भएको बताए ।

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको र भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको उनको भनाइ थियो । अध्यक्ष ओलीले नीति तथा कार्यक्रम देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका संवाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको गठबन्धनको अस्थिरताकै घोषणापत्र भएको बताए ।